Biography: Narayan Gurung Konme
प्रस्तोता: संजीब(शेर) गुरुङ
“ नारायण कोन्मे”
संक्षिप्त बिश्लेषण
चार भन्ज्याङ अन्तरगत ठाना मौला गा. बि. स. वडा नं ३ मा जन्मनु भएका नारायण कोन्मेज्युको जीवनका केही संघर्षशील भागहरुको प्रकाश गर्ने मौका पाएकोमा आफुलाई अहोभाग्य ठानेको छु ।
बाबा जिम्वाल तुलाराम कोन्मे तथा माताश्री बिष्णु माया ( लेम्मे ) कोन्मेको कोखबाट जन्मनु भएका नारायण कोन्मेको स्व: ठुलो दाज्यु नेपाल पुलिसको ईन्सपेक्टर धन प्रसाद कोन्मे, स्व: दिदि लक्ष्मी ( लेम्मे ) कोन्मे भाईहरुमा हरि कोन्मे, गंगा बहादुर कोन्मे, ठुली आमा सीता ( लेम्मे ) कोन्मे माईली आमा सुकुना ( लेम्मे ) कोन्मेसंग बाल्यकाल पूर्ण शुखमयसाथ बिताउनु भएको थियो र जीवनका अनेकौ आरोह – अबरोहरुसंग संघर्ष गर्नु हुँदै सुनौला जीवनका कल्पनाहरु बोकेर मानिसले गर्न पर्ने कर्तब्यहरुको खोज गर्दै अघी बढनु भएको थियो ।
बि सं २०१०/११ सालमा देव नागारिक भाषाको अध्ययन कारीऔले माईला पंण्डित ठाना मौला गा. बि. स. वडा नं ४ निवासीको छत्र छायाँमा प्राप्त गर्नु भएको थियो भने पात्रो श्लोक, साधारण गणित तथा कानूनी संम्बन्धी शिक्षा उहाँकै निवासमा ब्यवस्था गरी खाल्टे बिरवारीका बाटाघरे कान्छा पंण्डितबाट शिक्षा ग्रहण गर्नु भएको थियो । जब, अंग्रेजी शिक्षा भावी सन्ततीहरुको निम्ति अतिनै महत्वपूर्ण बिषय हो र सबै नव पिढीहरुले सिक्नु पर्दछ भन्ने कुरा गाउँ घरमा प्रचार – प्रसार भयो तब ठाना लोकराज काजीको निवासमा संचालन भईरहेको अंग्रेजी कक्षामा भर्ना हुनु भयो । शिक्षक प्रितम बहादुर अधिकारीबाट केही अंग्रेजीका वर्णमालाका शिक्षा लिएर बि सं २०१२ / १३ सालतिर भवानी बिद्यापिठ हाई स्कूल फलेवासमा अध्ययन गर्न जानु भयो ।नेपालको ऐतिहाँसिक प्रथम आमनिर्वाचन २०१५ साल पछि शिक्षा क्षेत्रमा सुक्ष्मरुपमा केही परिवर्तनहरु भए । त्यस समयमा चार भन्ज्याङ निवासीहरुको सदरमुकाम स्याङ्जा नुवाकोटको डाँडामा रहेको थियो । त्यसर्थ, सबै सरकारी काम – कारवाहीहरु स्याङजा सदर मुकामबाट नै संचालन गरिन्थ्यो । जब २०१६ सालमा नुवाकोटबाट वडा हाकिमको ( अड्डा प्रमूख ) सवारी भएको थियो स्थानिय जनताहरुको बिन्तीपत्रलाई मध्य नजर राखि पोखरा धारामा स्थापित गर्ने गरी अमर मिडिल स्कूलको स्वीकृति भएको थियो । त्यस पछि गाउँकै स्कूलबाट अंग्रेजी शिक्षा अध्ययन गर्दै आउनु भयो । पाल्पा तानसेनबाट यस. यल. सि. पास गरेर आउनु भएका शिक्षक रामहरी शर्माज्युबाट स्थानीय बिद्यार्थिहरुलाई दुई बर्ष सम्म अंग्रेजी शिक्षा लगायत अन्य बिषयहरुमा पनि पोख्त बनाएर २०१८ सालतिर आफ्नै अध्ययनको निम्ति तानसेन तर्फ नै फर्कनु भयो । त्यसर्थ, नारायण कोन्मेज्युले पुन आफ्नो अध्ययन गर्नको निम्ति भवानी बिद्यापिठ हाई स्कूल फलेवासमा भर्ना हुन जानु भयो ।
समय सापेक्ष तथा “ तमु “ हरुको झुकाव बढी मात्रामा आर्मी तर्फ नै भएकोले कक्षा ८ सम्म अध्ययन गरी २०२० सालतिर ब्रिटिश आर्मिमा भर्ना भएर पक्लिहावाबाट मलेशियाको केदाह जिल्लामा सैनिक तालिमको निम्ति प्रस्थान हुनु भयो । बोर्नियो जंगलमा मलेशिया तथा ईण्डोनेसिया बिचमा सिमाना संम्बन्धी युद्ध भई रहेकोले ६ महिनाको सैनिक तालिम सकिए पछि लडाईंको निम्ति बोर्नियो तर्फ जानु भयो । सन १९६१ / ६२ देखि सुरु भएको यो युद्ध सन १९६५ / ६६ मा शान्ती संझौता भए पछि ब्रिटिश सरकारले सैनिक कटौती गर्न शुरु गर्यो। त्यही क्रममा उहाँ पनि आफ्नो जन्म भूमी नेपालमा फर्कनु भयो । स्वदेश फर्के पछि उहाँको केही गर्ने बिकल्प नभएकोले शिक्षा आर्जन गर्ने निश्चय गरी पुन चितवन हाई स्कूलमा नवौ कक्षामा भर्ना हुनु भयो । बि सं २०२७ सालमा एस. एल. सि. उतिर्ण भए पछि आई. ए. र बि. एड. पृथ्वी नारायण क्याम्पस पोखरा र यम. ए. त्रिभुवन विश्वबिध्यालय काठमाण्डौबाट उतिर्ण गरे पछि स्थानीय बिकास मंत्रालयमा सेक्सन अफिसरपदमा सेवा गर्नु भयो । उक्त पदमा ७ वर्ष सम्म सेवा गरे पछि आफ्नै निजी कारोवार तर्फ लाग्नु भयो ।
बि सं २०५७ / ५८ सालतिर चार भन्ज्याङ क्षेत्रका तमुहरु काठमाण्डौ उपत्यकामा संख्यात्मकरुपमा बसो बास गर्न आउन थाले । त्यसर्थ, तमुहरुको दैनिक जीवनमा पनि समस्याहरुको संख्या बढ्दै आयो । आफुले मान्दै आएका संस्कार, संस्कृती, धर्म, रीति – रिवाजहरुको संरक्षण गर्न र दैनिक समस्याहरुको सामुहिकरुपले समाधान गर्नको निम्ति बि. सं. २०५८ सालमा नारायण कोन्मेज्युको नेतृत्वमा चार भन्ज्याङ तमु समाज काठमाण्डौको स्थापना गर्नु भयो । सो संस्थाले सर्व प्रथम राजसभा स्थाई समितिका सदस्य प्रा. गणेश बहादुर गुरुङ्ज्युलाई काठमाण्डौ चपल कारखाना निवासमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको थियो । त्यस पछि उहाँकै सर – सल्लाह र सहयोगमा चार भन्ज्याङ तमु समाज पोखराको स्थापना भएको थियो । त्यस पछि क्रमस चार भन्ज्याङ तमु समाज हङकङ र चार भन्ज्याङ तमु समाज यु. के. को गठन भएको थियो । सन २०१६ मा चार भन्ज्याङ तमु समाज अन्तर राष्ट्रिय समन्वय समिती नेपालको पनि गठन भएको छ । चार भन्ज्याङ तमु समाज यु. के. बाट पहल भई रहेको चार भन्ज्याङ क्षेत्रिय बिकास कार्यक्रम द्रुत गतीमा अघि बढीरहेको छ । हाल संचालन भई रहेको “चार भन्ज्याङ टेली मेडिकल क्लिनिक” बिकास कार्यहरु मध्ये एक उदाहरणीय बिकास कार्य हो ।
१. नारायण कोन्मेज्युले शिक्षा क्षेत्रमा शिक्षक भएर गर्नु भएका सेवाहरु :
( क ) कृष्ण प्राईमरी स्कूल ठाना मौला खाल्टे ।
( ख ) अमरसिंह माध्यमिक बिद्यालय पोखरा ।
( ग ) फेदीखोला माध्यमिक बिद्यालय फेदीखोला ।
( घ ) “प्रौढ शिक्षा शिक्षण कार्यक्रम” चारघरे र अक्रङ फेदिखोला ।
२ बिदेश भ्रमण गरेका देशहरु :
हङकङ, बोर्नियो, ब्रुनाई, मलेशिया, सिंगापुर, बंगलादेश, ओमन, बेल्जियम, फ्रान्स, स्विजरलैण्ड, बेलायत
३ संघ – संस्थाहरुसंग आवद्ध रहेका संस्थाहरु :
( क ) संस्थापक सदस्य तमु धिं नेपाल बि. सं. २०३५ ।
( ख ) संस्थापक तथा निर्देशक चार भन्ज्याङ तमु समाज काठमाण्डौ बि. सं. २०५८ ।
( ग ) केन्द्रीय सदस्य तमु बौध्द सेवा समिति काठमाण्डौ ।
(घ) सल्लाहकार तमु समाज बेल्जियम ।
४ बर्तमानमा आवद्ध संस्थाहरु :
( क ) आजीवन तथा सल्लाहकार सदस्य तमुधीं यु. के. ।
( ख ) संरक्षक चार भन्ज्याङ तमु समाज यु. के. ।
( ग ) संस्थापक सल्लाहकार यन. बि. ए. यु. के. ।
( घ ) सल्लाहकार यन. यन. बि. क. ननिन्टन ।
( ङ ) सल्लाहकार पर्बत वेलफार सोसाइटी यु. के. ।
५ उहाँको परिवारीक संरचना :
नारायण कोन्मे
श्रीमती : कमला ( पुङिलामा )कोन्मे
छोरी : ममिता कोन्मे
छोरा : देब कोन्मे
छोरा : सन्दिप कोन्मे
बुहारी : स्वेता ( घले ) कोन्मे
बुहारी : शुष्मा ( पुङिलामा ) कोन्मे
नातिनी : ईमिशान कोन्मे
नातिनी : शेली बिन्दिया लेम्मे
नातिनी : तेजश्री कोन्मे
नारायण कोन्मेज्युको उपरोक्त पाटाहरुमा संक्षिप्त बिवरणहरु प्रस्तुत गर्दै म बिश्लेषक यहाँहरुसंग बिदा हुन अनुमती चाहान्छु । मेरो प्रस्तुतीमा केही कमी कमजोरीहरु भएमा सर – सल्लाह तथा सुधारको अपेक्षा राखेको छु ।
धन्यवाद ।
“ जय चार भन्ज्याङ तमु समाज “