चारभञ्ज्याङको बृत्तचित्र तथा पर्यटन गीत निर्माण गर्ने – (Historical documentary to promote tourism in Char Bhanjyang)

Char Bhanjyang Documentary Film

चारभञ्ज्याङको बृत्तचित्र तथा पर्यटन गीत निर्माण गर्ने
युके संयोजकमा संजीव गुरुङ, पोखरा संयोजकमा पत्रकार गुुरुङ
हुम तमु
पोखरा, १३ साउन
गाँउ गाँउको चिनारी र ग्रामिण पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माणको प्रचलनसँगै पर्वत जिल्लाको चारभञ्ज्याङ क्षेत्रको बृत्तचित्र र पर्यटन गीत निर्माण हुने भएको छ ।
पर्वत जिल्लाको मध्य दक्षिण भेक भँगरा, दाद्रा, ठानामौला, लामे गाँउ सम्मिलित चारभञ्ज्याङको मौलिक सँस्कृतिको संरक्षण, गाँउहरुको चिनारी, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको प्रचार गर्नका लागि चारभञ्ज्याङ तमु समाज युकेद्धारा बृत्तचित्र र पर्यटन गीत निर्माण गरिने भएको हो ।
चारभञ्ज्याङ क्षेत्रको ऋतुकालिन बृत्तचित्र तथा पर्यटन गीत निर्माणका लागि युकेमा गठित समितिको संयोजकमा कुर्घा गाविस लामे गाउ भई युकेमा कार्यरत संजीव गुरुङ र पोखरामा, भँगरा गाँउ भई हाल पोखरामा पत्रकारीतामा क्रियाशील कास्की आवाजका सम्पादक, फोनिज कास्कीका अध्यक्ष, रेडियो अन्नपूर्णको न्युज डेक्स कोअर्डिनेटर हुमबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।
बृत्तचित्र तथा गीत निर्माणका लागि चारभञ्ज्याङ क्षेत्रमा जन्म गाँउ भई पोखरामा क्रियाशील रहनुभएका युवाहरु ठाना सलेन्धाराका एन.बी. गुरुङ आर्थिक संयोजक, लामे गाँउका माओत्सेतुङ्ग गुरुङ संघ संस्था संयोजक, लामेकै कृष्णकुमार गुरुङ प्राविधीक संयोजक र खाल्टे गाँउका ऋषि गुरुङ व्यवस्थापन संयोजक रहेको समिति गठन गरिएको छ ।
यसरी नै समितिमा स्थानिय व्यवस्थापनका लागि भँगराका तोरण गुरुङ, दाद्राका समीर गुरुङ ठानामौला खाल्टेका रोशन गुरुङ र दर्शन घले, लामेका सृुर्य गुरुङ र लालसिंह गुरुङ सदस्य रहनु भएको छ ।
जन्म गाँउको रमणीय, ऐतिहासिक, पर्यटकीय सम्पदाहरुको प्रचार प्रसार र मौलिकताको संरक्षण सम्वद्र्धनका लागि बृत्तचित्र र गीत निर्माण आवाश्यक रहेकाले चारभञ्ज्याङ तमु समाज युकेको लगानीमा सांगितीक दस्तावेज बृत्तचित्र तथा गीत निर्माण गर्न गईरहेको संयोजक हुमबहादुर गुरुङले बताउनुभयो ।
भदौदेखि छायाँकंन शुरु गरिने योजना रहेको बृत्तचित्र र पर्यटन गीतको लेखन भईरहेको चलचित्र निर्देशक, संगीतकार, गीतकार कृष्णकुमार गुरुङले जानकारी दिनुभयो । पर्वत जिल्लाको मध्य दक्षिण भेकको चारभञ्ज्याङ क्षेत्रको मौलिक कला, सँस्कृतिको संरक्षण, भौगोलिक सुन्दरता, ऐतिहासिकताको गीत संगीतको माध्यमबाट प्रचार प्रसार गर्न जरुरी रहेकाले युवाहरु लक्षित र स्थानिय मौलिकतासँग सम्बन्धित गरी २ वटा म्युजिक भिडियोसँगै बृत्तचित्र निर्माण गरिने प्राविधीक संयोजक कृष्णकुमार गुृरुङले जानकारी दिनुभयो ।
भकारी एड्भटाइजले धेरै चलचित्र र म्युजिक भिडियोहरु निर्माण गरिसकेको अवस्थामा आफ्नै जन्म गाँउ, क्षेत्रको गीत आवाश्यक महसुस गरी चारभञ्ज्याङ तमु समाज युकेको निर्माणमा बृत्तचित्र र पर्यटन प्रर्वद्धन गीत निर्माण गर्ने तयारीमा जुटेको संघ संस्था समन्वय संयोजक, चलचित्र निर्माता तथा कलाकार समेत रहनु भएका प्राचीन नेपालका अध्यक्ष माओत्सेतुङ गुरुङले बताउनुभयो । हामी सरोकारवाला सबै संघ संस्थासँग समन्वय गरी काम गर्छौं भन्नुहुदै सबैको साथ सहयोगको उहाँले अपेक्षा गर्नुभयो ।
चारभञ्ज्याङ तमु समाज युकेको लगानीमा निर्माण हुने बृत्तचित्र र गीतको गुणस्तरीयतामा कुनै कम्प्रोमाइज नगर्ने भकारी एडभटाइज प्रालिका प्रवन्ध निर्देशक समेत रहनु भएका समितिका आर्थिक संयोजक एनबी गुरुङले बताउनुभयो । लगानी केही बढी भए पनि बृत्तचित्र र गीत उत्कृष्ठ बनाउने योजनामा रहेको उहाँको भनाई छ ।
आफ्नो जन्म गाँउ ठाँउको परिचयात्मक बृत्तचित्र र गीत निर्माण गरी पर्यटन प्रवद्र्धन टेवा पुर्याउन सबैको साथ सहयोग रहने व्यवस्थापन संयोजक ऋषि गुरुङको विश्वास छ । बृत्तचित्र र गीत निर्माणका लागि व्यवस्थापनको कुनै कमी हुन नदिने उहाँको प्रतिवद्धता छ ।
चारभञ्ज्याङ क्षेत्रको गीति दस्तावेज निर्माणका लागि पोखरा, काठमाडौं, हङकङ, युके लगायतको स्वदेश तथा विदेशमा रहेका उक्त क्षेत्रसँग सम्बन्धित समाज, संघ संस्था र व्यक्तित्वहरुको सल्लाह, सुझाव र सहयोगको समितिले अपेक्षा गरेको छ ।